४५ अंकले घटेको बजारमा कारोबार रकम पनि खुम्चियो

 साउन २४, २०७९

काठमाडौं । मङ्गलवार सेयर बजार ४५.४२ अंकले घटेको छ । २.१६ प्रतिशतले घटेको बजारमा कारोबार रकम पनि खुम्चिएको छ ।यस दिन २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार २०६०.७३ विन्दुमा अडिएको छ ।

मङ्गलवार कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । आजको कारोबारमा २२२ कम्पनी सहभागी भएका थिए । अझै केही समय बजार साइड लाइनमा रहने विज्ञहरूले बताएका छन् ।

तपाईंको प्रतिक्रिया