एमालेले गरायो दल दर्ता

 साउन २४, २०७९

काठमाडौँ । नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो ।

संविधान र कानुनी व्यवस्थाअनुसार आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रूपमा प्रवेश गरेको बताए । त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भइसकेको दल पटक-पटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रिया समेत दिए ।

हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमा दलहरू दर्ता गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाचाहिँ सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई । किनकि दलहरु एक पटक दर्ता भइसकेपछि पटक-पटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन । तर पनि हाम्रो संविधान, कानुनले जे व्यवस्था गरेको छ । त्यस अन्तरगत हामीले दल दर्ता गरेका छौं । र, हामी निर्वाचनको तयारीमा विधिवत रुपमा प्रवेश गरेका छौं ।’

तपाईंको प्रतिक्रिया