वडाध्यक्ष, नगर अध्यक्षलाई दाङ इन्चार्जकाे समेत जिम्मेवारी दिदा असन्तुष्ट बढ्याे

 साउन २४, २०७९

तुलसीपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुरेस रावतले पदबाट राजिनामा दिएका छन।यस अघि दाङ जिल्ला इन्चार्ज समेत रहेका रावतले अर्का केन्द्रीय सदस्य माधव वलीलाई इन्चार्ज बनाएपछी असन्ष्ट जनाउँदै केन्द्रीय कमिटिमै नबस्ने भन्दै राजिनामा  दिएका हुन् । वलीलाई आज इन्चार्ज बनाएर उनलाई सहइन्चार्जमा घटुवा गरिएको थियो ।उनले राजिनामा केन्द्रीय कार्यलामा इमेल गरेकाछन् ।रावतले सामाजिक संजाल फेसवुकबाट आफू युवा संघको केन्द्रीयकमिटीबाट विदा लिएको समेत जानकारी गराएका छन् । 

यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य समेत भइसके उनी युवा माँझ लोकप्रिय छन् । एमालेबाट दुइपटक तुलसीपुर १८ काे अध्यक्ष तथा नगर अध्यक्ष रहेका वलीलाई ईन्चार्जकाे जिम्मेवारी दिदा जिल्लामा असन्तुष्टि बढेकाे छ । युवामाझ लाेकप्रिय बनेका रावतलाई घटुवा गरि विभित्र जिम्मेवारीमा रहेका वलीलाई थप जिम्मेवारी दिदा विभित्र टिकाटिप्पणि हुन थालेका छन । एकै ब्यक्तिलाई धेरै जिम्मेवारी दिएर नेतृत्वले गम्भीर गल्ति गरेकाे युवाहरुले बताउन थालेका छन ।

तपाईंको प्रतिक्रिया