कोरोनाबाट थप ३ जनाको मृत्यु, ८६८ जनामा संक्रमण

 साउन २५, २०७९

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय १४ पीसीआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय १४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ८५ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया