छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड

 साउन २५, २०७९

घोराही । नेपाल महिला संघको ७७औँ स्थापना दिवसको अवसरमा दाङको पहाडी क्षेत्रका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड प्रदान गरिएको छ । नेपाल महिला संघका संस्थापक अध्यक्ष बिमला योगीले पहाडी क्षेत्र बंगलाचुली गाँउपालिकाका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड सहयोग गरेकी छन् ।

योगीले बंगलाचुली गाउँपालिकाका दुईवटा माविका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड सहयोग प्रदान गरेकी हुन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्षसमेत रहेकी योगीले नेपाल महिला सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा छात्राहरूलाई प्याड वितरण गरिएको हो । बंगालचुली गाँउपालिका वडा नम्बर ३ को महेन्द्र मावि श्रीवारी र वडा नम्बर ५ को सुधा मावि झेल्नेटाका छात्राहरूलाई ७ सय ५० सेनेटरी प्याड वितरण गरिएको थियो ।

तपाईंको प्रतिक्रिया