बन्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने पुरुष पक्राउ

 साउन २६, २०७९

कैलाली । अछाममा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका– ७ पुल्लेतोलाका पदम कामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पदमले साउन ११ गते ४५ वर्षीया श्रीमती मन्ना कामीको हत्या गरेका थिए ।हत्यापछि फरार उनलाई बुधबार कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरिएको हो । हत्यापछि उनी कालिकोट पुगेका थिए । त्यहाँबाट जुम्ला, नेपालगञ्ज, कैलाली हुँदै पदम महेन्द्रनगर पुगेको प्रहरी स्रोतले जनाएको छ ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अछाम प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । प्रहरीले मदिराका कारण घटना भएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया