एमालेकाे घोषणापत्र लेख्न बन्यो ८ जनाको टीम

 साउन २६, २०७९

तुलसीपुर । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्षतामा ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो ।


समितिको संयोजक अध्यक्ष केपी शर्मा ओली नै हुनेछन् भने सदस्यहरूमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया