छोराछोरीसहित झुन्डिएर आत्महत्या गरेको घटनाको रहस्य खुल्दै

 साउन २७, २०७९

काठमाडौँ । बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि सीआईबी पनि परिचालन भएको छ। स्थानीय २२ वर्षीया गीता पार्की, ५ वर्षीया छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए । मृतकको जिल्ला अस्पताल चैनपुरमा पोस्टर्माटम सकेर शुक्रबार दाहसंस्कारको गरिँदै छ ।

सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने छ। मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गीता केही समय अघि बलात्कृत भएकी थिईन् । बलात्कृत भएपछि पुष्करदे श्रीमती माथि शंका गरिराख्ने परिवारका सदस्यहरु बताउँछन् । प्रारम्भिक अनुसन्धानबाट बलात्कृत भएकै बिषयमा बढि शंका गरेकै कारण गीता र पुष्करको झगडा भईराख्ने गरेको प्रहरीले जनाएको छ ।

विपन्न पार्की घरखर्च चलाउन भारतमा मजदुरी गर्छन्। खेतीपाती लगाएर खाली समयमा खर्च जोहो गर्न मजदुरीका लागि उनी भारत आवतजावत गरिरहन्छन्। भारतको पिथौरागढमा काम गरिरहेका पुष्कर मंगलबार राति घर फर्किएका थिए। मध्यराति १२ बजेतिर घर पुगेका पुष्करको सोही राति आफूबाहेक परिवार सखाप भएको छ ।

तपाईंको प्रतिक्रिया