प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: आयोगमा ४० दल दर्ता

 साउन २९, २०७९

तुलसीपुर । चुनावी प्रयोजनका लागि ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा शनिबारसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका हुन् ।

हालसम्म प्रमुख दलमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) ले दल दर्ता गराएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्र दर्ताको प्रक्रियामा छन् ।
कामको चापले हाल सार्वजनिक बिदाका दिन पनि आयोगको खुला रहँदै आएको छ ।

तपाईंको प्रतिक्रिया