छोरी बलात्कार गरेको आरोपमा सुर्खेतमा बाबु पक्राउ

 साउन २९, २०७९

तुलसीपुर । १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले बाबुलाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाकी बालिकालाई बाबुले जवरजस्ती करणी गरेको आरोपमा मेहलकुना प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

साउन २६ गते रातिको घटना भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिका बलात्कृत भएको आफन्तले प्रहरीलाई जानकारी दिएपछि बालिकाका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

जबरजस्ती करणी भएको हो या होइन बालिकाको विस्तृत स्वास्थ्य परीक्षण पश्चात मात्र थाहा हुने डीएसपी कार्कीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया