अन्तर्राष्ट्रिय युवा दिवस: नयाँ पाइला पुनर्स्थापना केन्द्रमा अभिमुखिकरण

 साउन २९, २०७९

तुलसीपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्रमा लक्षित समुहका सदस्यहरुको लागि जीवन उपयोगि सीपमा आधारित अभिमुखी कार्यक्रम सम्पन्न भएको छ ।  केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालकाे अध्यक्षता तथा   सिशा नेपालकि अध्यक्ष   साजिदा सिद्दिकीकाे प्रमुख आतिथ्यता एवं नेपाल परिवार नियोजन दाङ शाखा प्रमुख वसन्त खनालकाे बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हाे ।

कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य  संघका काेषाध्यक्ष रेखा केसी,श युवा ब्यवसायि सुदन केसि, महिला नेतृ बिमला बोहरा लगायतकाले आ आफ्नाे भनाइ राखेका थिए ।

त्यस अवसरमा लागू पदार्थ दुव्र्यशनिबाट बच्ने उपाय र समाजमा यसबाट पर्ने असरका बारेमा  जानकारी गराईएकाे थियोे ।  कार्यक्रममा नयाँ पाइला पुनर्स्थापना केन्द्र ( सुधार गृह ) का लागू पदार्थ दुव्र्यशनि उपचार्थिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम  नयाँ पाइला पुनर्स्थापना केन्द्र,  सिशा नेपाल र
नेपाल परिवार नियोजन दाङ शाखाकाे संयुक्त आयाेजनामा भएको थियोे ।

तपाईंको प्रतिक्रिया