बर्दिया निकुन्जमा राति दुईपाङ्ग्रे सवारी सञ्चालनमा रोक

 साउन ३१, २०७९

रुपन्देही । जंगली जनाबरको आक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाइकल,स्कूटर,साइकलजस्ता दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुईपाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

तपाईंको प्रतिक्रिया