देशभरका विद्यालय कर्मचारी काठमाण्डौमा, भोली धर्ना दिने

 साउन ३१, २०७९

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्रले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिने भएको छ । केन्द्रीय आन्दोलन अन्र्तगत भोली धर्ना दिने कार्यक्रम रहेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । आज पत्रकार सम्मेलन गरि यसबारेमा जानकारी दिईएको छ । साथै भदौ २ गते तालबन्दी गर्ने समेत कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा एक अपिल सार्वजनिक गर्दै आफ्ना माग र आन्दोलन बारे जानकारी दिईएको हो ।

जारी गरिएको अपिल पत्रमा पटक पटकका सहमती कार्यान्वयन भएको हुदा आन्दोललनमा जानु परेको उल्लेख गरिएको छ । सरकारले आव २०७९/०८० को बजेटमा अन्य कर्मचारीको तलव बृद्धी गरेपनि विद्यालय कर्मचारीलाई बेवास्ता गरेका कारण झनै हेपिएको महशुस भएको परिषद्का अध्यक्ष तिवारीले जानकारी दिए ।

परीषद्ले विद्यालय कर्मचारीको तलव वृद्धि हुनुपर्ने, महंगी भत्ता स्वरूप २ हजार दिनुपर्ने, स्थानीय तहबाट दिने भनिएको ७ हजार रूपैयाँ संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने मागहरु अघि सारेको केन्द्रिय सदस्य मित्रलाल शर्माले जानकारी दिए ।


यसैविच आन्दोलनमा सहभागी हुन देशभरका कर्मचारी काठमाण्डौ पुग्ने क्रम जारी रहेको छ । भोली विहान सम्म सबै जिल्लाबाट कर्मचारी काठमाण्डौं पुग्ने लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द जिसीले जानकारी दिए । उनका अनुसार दाङबाट ५० जनाको टोली आज दिउसो काठमाण्डौं पुगेको हो ।

तपाईंको प्रतिक्रिया