सल्यानमा आफ्नै दाइबाट भाइ बुहारीमाथि एसिड प्रहार

 साउन ३१, २०७९

तुलसीपुर । सल्यानमा आफ्नै दाइले भाइ बुहारी माथि एसिड प्रहार गर्दा तीन जना घाइते भएका छन । दार्मा गाउँपालिका –३,चम्पुटाकुरा बस्ने ५०वर्षीय दाइ बेचे रावतले ४९ वर्षीय भाइ भिम बहादुर रावत ,४० वषीया बुहारी दिपा रावत र छिमेकी ३२ वर्षीय भिम बहादुर रावतलाई सोमबार बेलुका ६ बजेतिर एसिड प्रहार गरेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानले जानकारी दिएको छ ।

एसिड प्रहारबाट घाइते तिनै जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको पहरीले जानकारी दिएको छ । त्यसैगरी एसिड प्रहार गर्ने बेचे रावतलाई इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिनुभयो । पक्राउ परेका बेचे रावतको बयान अनुसार दुई भाइबिच आर्थिक लेनदेनको विवादमा दाइले भाइलाई एसिड प्रहार गरेको खुलेपनि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया