टरिगाउँ महिला साना किसान सहकारी संस्था नयाँ भवनमा

 साउन ३१, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीका कारण महिला आत्मनिर्भरताको बाटोमा अघि बढेको बताउनुभयो । टरिगाउँ महिला साना किसान सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै खड्काले सहकारीका कारण आर्थिक पक्षमा मात्र नभई महिलाहरुलाई नेतृत्व तहमा पु¥याएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले सहकारीले कृषिजन्य उत्पादनमा विशेष जोड दिएका कारण यसको क्षेत्र अझ फराकिलो बन्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले सहकारी मार्फत नेतृत्व विकासका साथै बचत संस्कृतिमा समेत टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष यमराज केसी,संस्थाका सल्लाहकार चिरञ्जीवि केसी,महिला अधिकारकर्मी सुष्मा गिरी लामिछाने लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । ३४ लाखको लागतमा भवन निर्माण गरिएको थियो ।

तपाईंको प्रतिक्रिया