माइतीघर मण्डलामा विद्यालय कर्मचारीकाे धर्ना

 भदौ ०३, २०७९

काठमाडौं । विद्यालय कर्मचारीहरूले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका हुन् । बुधबार र बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्ना दिएका उनीहरू सिंहदरबार नजिकै रहेको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेकाे उपमहासचिव डम्बर वलीले जानकारी दिए ।

विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४,७३० मासिक तलब र २०० रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रू २४,२१० र महंगी भत्ता रू २०० गरि रू २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ को संशोधन गरि विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने,६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई सम्मानजनक अवकाशको व्यवस्था गरिनुपर्ने माग अघि सारिएको छ । विभिन्न समयमा गरिएका सहमति, सम्झौता, तथा सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयन नहुदा विद्यालय कर्मचारीहरू आन्दाेलित बनेका छन ।

तपाईंको प्रतिक्रिया