विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो

 भदौ ०५, २०७९

काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड २ लाख नाघेको हो। यस्तै २४ घण्टामा एक हजार एक सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ लाख ७० हजारभन्दा धेरै पुगेको छ ।

५७ करोड ४२ लाख जनाले भने कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ३२ हजार सङ्क्रमित निको भएका छन् । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ९ करोड ५३ लाखमा कोरोना पुष्टि हुँदा ९ करोड ६ लाख निको भएका छन्। १० लाख ६५ हजारको भने मृत्यु भएको छ। नेपालमा कोरोनाको चौंथो लहर चलिरहेको छ । संक्रमण दर बढ्दै गए पनि परीक्षण गर्नेको संख्या भने घटेको देखिन्छ ।

तपाईंको प्रतिक्रिया