भोलि विप्लव नेकपाको बन्द

 भदौ ०६, २०७९

तुलसीपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार दाङसहित देशभर बन्दको घोषणा गरेको छ । तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका बिरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरेको नेकपाले जनाएको छ ।

पाटीको केन्द्रीय कार्यक्रम अनुसार भोलि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ । बन्दको समयमा अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन संचालन गर्न दिइने छ । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै भन्द गरिने पार्टीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया