शान्तिनगरमा उद्यमशिलताबारे अभिमुखिकरण

 भदौ ०६, २०७९

तुलसीपुर । पश्चिम दाङको शान्तिनगरमा उद्यमशिलता अभिमुखिकरण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपाल दाङ र शान्तिनगर गाउँपालिका दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे । ग्रीन फाउन्डेसन नेपाल शान्तिनगर गाउँपालिकाका संयाेजक धनबहादुर केसिको अध्यक्षता एवम् शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा ग्रीन फाउन्डेसन नेपाल का केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्ने बक्ताहरुले उद्यमशिलताबाट आर्थिक रुपमा सबल बन्न सकिनेमा जाेड दिएका थिए ।कार्यक्रमको प्रशिक्षक रुपमा ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डे , लक्ष्मी बैंक तुलसीपुर शाखाका प्रमुख सरोज चौधरी रहेका थिए । ग्रीन फाउन्डेसन नेपाल शाखा दाङका अध्यक्ष बिष्णु केसिले स्वागत मन्तव्य राखेकाे कार्यक्रम काेषाध्यक्ष खुम प्रसाद भण्डारीले संचालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया