बन्दको क्रममा तुलसीपुरबाट चार जना पक्राउ

 भदौ ०७, २०७९

तुलसीपुर । बन्द सफल बनाउन सडकमा उत्रिएका नेकपाका कार्यर्कता पक्राउ परेका छन । पक्राउ पर्नेमा युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,मजदुरका सिसिएम संजय र बन्दको समाचार संकलनका लागि खटिएका जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली रहेका छन । उनिहरुलाई तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हाे ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

तपाईंको प्रतिक्रिया