विद्यालय कर्मचारीकाे आन्दोलन जारी, १२ गतेदेखि विद्यालय बन्द गर्ने

 भदौ ०९, २०७९

तुलसीपुर । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले आज शुक्रबार दबावस्वरूप बृहत् र्‍याली तथा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं पुगेका हजारौं कर्मचारीहरु खुल्लामन्चबाट विभिन्न नाराहरु लगाउदै माइतीघर मण्डलामा पुगेर काेणसभामा परिणत भएको केन्द्रीय सदस्य मित्रलाल शर्माले जानकारी दिए ।

त्यस अवसरमा विभिन्न शिक्षक सङ्घ सङ्गगठनका प्रतिनिधिहरुले सम्बाेधन गरेका थिए । उनिहरुले कर्मचारीका माग जायज रहेकाे हुदा सरकारले सम्बाेधन गर्नुपर्ने बताएका थिए । उनिहरुकाे काम अनुसार तलव सुविधा नभएको हुदा समाधान गर्न तर्फ सरकारकाे ध्यानाकर्षण गराएका थिए ।

केन्द्रीय आन्दोलन अन्र्तगत भदौ १ आन्दोलन थालेकाे परिषद्ले १२ गते देखि १८ सम्म विद्यालय बन्द गर्ने भएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताएका छन ।

विद्यालय कर्मचारीको तलव वृद्धि हुनुपर्ने, महंगी भत्ता स्वरूप २ हजार दिनुपर्ने, स्थानीय तहबाट दिने भनिएको ७ हजार रूपैयाँ संघीय सरकारले नै दिनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दबन्दीमा कायम गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवासुविधा दिई सम्मानजनक बिदाई गर्नुपर्ने मागहरु अघि सारेको छ ।

तपाईंको प्रतिक्रिया