बस दुर्घटना हुँदा १६ जना घाइते

 भदौ १७, २०७९

तुलसीपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नारायणघाटबाट बर्दियातर्फ जाँदै गरेको ना६ख ९६७९ नम्बरको बस शुक्रवार अपराह्रन साढे ४ बजे दुर्घटनामा परेको हो ।

घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बर्दियाको मधुवन नगरपालिका ५ बस्ने ६२ वर्षीया गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ । प्रहरीले गाडी मालिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया