दाङ २ नम्बर क्षेत्रमा एमालेका महासचिव पोखरेलको नाम सिफारिस

 भदौ १९, २०७९

तुलसीपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलको नाम दाङबाट एकल रुपमा सिफारिस गरिएको छ । एमाले निर्वाचन क्षेत्र २ काे क्षेत्रीय समन्वय कमिटीको आइतबार घोराहीमा बसेको बैठकले महासचिव पोखरेललाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेद्वार छनोट गरेर पठाएको हो ।

महासचिव पोखरेल २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभाका लागि क्षेत्र २ प्रदेश सभा (ख) बाट निर्वाचित भई मुख्यमन्त्री बन्नुभएको थियो ।

त्यस्तै, क्षेत्र नम्बर ३ बाट एमालेका उपाध्यक्ष युवराज ज्ञवाली सहित केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे र कोमल वलीको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । त्यस्तै, दाङ १ का लागि शान्ता चौधरी, गङ्गा थारु र रेवतीरमण शर्माकाे नाम सिफारिस गरिएको छ ।

तपाईंको प्रतिक्रिया