खप्तड लघुवित्तको आइपीओ बाँडफाँट

 भदौ २०, २०७९

काठमाडौँ । खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ। भदौ २० गते बाँडफाँट गर्ने पूर्व तयारी अनुसार नै आज साे लघुवित्तको आइपीओ बाँडफाँट गरिएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ।

प्रभु क्यापिटलका अनुसार गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको थियाे ।

खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो। योमध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यस कम्पनीकाे आइपीओकाे नतिजा हेर्नकाे लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट तथा खप्तड लघुवित्तको वेबसाइटमार्फत ‘लगइन’ गर्नुपर्नेछ ।

तपाईंको प्रतिक्रिया