दाङ जिल्ला अदालतबाटै भागे एक कैदीबन्दी

 भदौ २३, २०७९

तुलसीपुर । सुन चोरीको आरोपमा पक्राउ परेका एक कैदीबन्दी फरार भएका छन । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही– १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट फरार भएका हुन्। म्याद थपका लागि न्यायाधीशसमक्ष पेस गर्ने क्रममा शौचालय जान्छु भनी विश्वकर्मा त्यहीँबाट भागेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए ।

ट्वाईलेट जान्छु भनेपछि विश्वकर्मा जिल्ला अदालतभित्रै शौचालय जान दिइएको र त्यही क्रममा उनी शौचालयको झ्यालबाट फरार भएको उनले बताए । शौचालय गएका विश्वकर्मा लामो समयसम्म पनि नआएपछि ढोका फोरेर पाँच हेर्दा त्यहाँ फेला नपरेको एसपी वलीले बताए।

फरार विश्वकर्माको खोजीकार्य तिव्र बनाइएको उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया