टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा काेहलीकाे पहिलो शतक

 भदौ २३, २०७९

विराट कोहलीको सानदार शतकमा भारतले टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा अफगानिस्तानलाई २ सय १३ रनको विशाल लक्ष्य दिएकोछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।

कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३ बल खेल्दै ११ र ४ छक्का सहित १०० रन पूरा गरे ।

टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा विराटले ३२ अर्धशतक प्रहार गरेका छन् । एसिया कपमा भारत बाहिरिएको छ । भारत श्रीलंका र पाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

तपाईंको प्रतिक्रिया