दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

 भदौ २७, २०७९

दाङ । दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिइन्।

मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् । दाङमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् । डेंगुका विरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा ४०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

तपाईंको प्रतिक्रिया