सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

 भदौ २९, २०७९

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले २९ भदौ बुधबारबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि धितोपत्रको सार्वजनिक निष्कासन गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारणको लागि आवेदन माग गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासमा मार्फत बिक्री खुल्ला गरेकेा छ । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सार्वजनिक निष्कासन मार्फत कम्पनीले आवेदन माग गरेको छ ।

कम्पनीको आईपीओमा छिटोमा २ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि १२ भदौसम्म थप हुनेछ । इच्छुक लगानीकर्ताले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाखसम्म कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

तपाईंको प्रतिक्रिया