अमर माविले बाल दिवस मनायो

 भदौ २९, २०७९

तुलसीपुर । ५८औ राष्टिय बालदिवशका अवसर विविध कार्यक्रम गरि मनाईएको छ । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ अमर माध्यमिक विद्यालय उरहरीले पनि र्याली तथा सडक नाटक गरि दिवश मनाएको छ । बाल अधिकारका सवालमा विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित जसपुर जनबहार चोक, उरहरी चोक हुदै विद्यालय प्रांगनमा कार्यक्रममा परीणत भएको थियो ।

त्यस अवसरमा विद्यार्थीहरुले बालवालिकाको विकास सभ्यसमाजको निकास, बालश्रम अन्त्य गरौँ, बालअधिकार सुनिश्‍चित गरौँ लगायतका नाराहरु लगाएका थिए । र्याली पछि आयोजित कार्यक्रमका सहभागीहरुले बालबालिकाको विकास भए मात्रै समाज सम्मुन्नत हुने बताएका थिए । बालक्लवका अध्यक्ष सरीता पुनको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

नाटक प्रस्तुत गर्दै विद्यार्थी

विद्यार्थी निकिता विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षकहरु यज्ञबहादुर अधिकारी,गोमावालन क्षेत्री,बसुन्धरा पाण्डेय लगायतले बोलेका थिए । कार्यक्रममा बालविवाह न्युनिकरण विषयक नाटक प्रस्तुत गरिएको थियो । नाटकमा झण्डै दर्जन बढि विद्यार्थीको अभिनय रहेको थियो । कार्यक्रमको सहजिकरण बालक्लवका डोटीराम परियारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया