एक वर्षमा मूल्यवृद्धि दर दोब्बर

 भदौ ३०, २०७९

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा महँगी दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा ८.२६ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको यसै महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत मात्रै थियो । यस अवधिमा गैर खाद्य, सेवा क्षेत्र र खाद्य तथा पेय पदार्थ उपसमूहको मूल्यवृद्धि दर दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको साउनमा भन्दा ३.२५ प्रतिशत बिन्दुले बढी हो । आर्थिक वर्ष २०७८/७९ साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ३.८६ प्रतिशत थियो ।

तपाईंको प्रतिक्रिया