लगातारकाे बर्षातका कारण तुलसीपुरकाे अम्बापुर क्षेत्र डुवानमा

 असोज ०१, २०७९


तुलसीपुर ।
लगातारको बर्षातका कारण विभिन्न स्थान डुवानमा परेका छन । यता दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ अम्वापुरमा केही घर डुवानमा परेका छन । तुहिसाेताकाे पानीको बहाव बढेपछि केही घर डुवानमा परेको स्थानीय किरण नेपालीले जानकारी दिएका छन ।

घर डुवानमा परेपछि भित्र रहेकाहरुलाई उद्दार गरिएको छ । उनका अनुसार मावि अम्वापुर समेत डुवानमा परेकाे छ । उक्त क्षेत्र जलमग्न रहेको र पानीको बहाव अझै बढ्ने क्रममा रहेको उनले बताएका छन ।

तपाईंको प्रतिक्रिया