प्रहरी निरिक्षककाे लिखित परीक्षाको नतिजा प्रकाशन

 असोज ०२, २०७९

तुलसीपुर । नेपाल प्रहरीको जनपद तर्फका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७८ मंसिर १० मा प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगले २०७९ जेठ २२ मा परीक्षा संचालन गरेको थियो । आइतबार आयोगले नतिजा प्रकाश गरेको हो ।

उत्तिर्ण उम्मेदवारहरूलाई असोज ९ मा प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परिक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ । लिखित परीक्षामा २१५ जना उत्तिर्ण भएका छन् । खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेशी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तिर्ण​ भएका छन् ।

तपाईंको प्रतिक्रिया