बर्षातले अबरुद्ध बनेका सडक सञ्चालनमा, बनरे सोता र ठुटिखोलामा कल्भर्ड निर्माण हुने

 असोज ०२, २०७९

तुलसीपुर । निरन्तरकाे बर्षाले असाेज १ गते उरहरी बजार जलमग्न भयाे । सडक हुदै पसल तथा घर भित्र सम्म पानी पुग्याे । स्थानीयले हार गुहार गर्न थाले । लगत्तै वडाध्यक्ष मान बहादुर रावत त्यहा पुगे । उनि त्यहा जादा केहिकाे घरमा सामान समेत भिज्न थालिसकेको थियाे । वडाध्यक्ष रावतले तुलसीपुर उमहानगरकाे जेसिबि मगाए । सडक तथा नाला कटान गर्न लगाए । र तत्कालका लागि समस्या टर्याे ।

यस्तै उरहरी स्कुल नजिककाे कुलाेमा पनि त्यस्तै समस्या थियाे । त्यहा पनि सडक कटान गरि घरमा क्षति हुन पाएन । त्यहि झरीमा वडाध्यक्षलाई सुकाैराबाट फाेन आयाे । घर भित्र पानी भित्री सक्याे के गर्ने हाेला भनेर । उरहरी काम हुदैछ, एकछिनमा आउछाै भनेर वडाध्यक्ष रावतले जवाफ दिए । सुकाैरा जादा दामोदर सडक अन्तर्गत दुधी सोताकाे सडक ,प्रीगाउ र बेल्टाकुरा बिचको सोताको सडककाे समस्या टार्दै त्यहा पुगे । त्यहाँ जेसिबिबाट पानी कटानकाे लागि काम भयाे । यसरी विभिन्न स्थान डुबान हुन थालेपछि जेसिबि लिएर दिनभर फिल्डमा खटिएका थिए वडाध्यक्ष रावत । बिपतमा जनताकै सेवामा रहदा स्थानीय सरकार भएको स्थानीयले महशुस गरेका थिए ।

यसरी विभिन्न स्थानमा हिलाम्मे तथा सडक कटानका कारण अवरुद्ध सडक आजबाट सञ्चालनमा आएका छन । वडा नम्बर ११ भित्र बर्षाले क्षति पुर्याएर अवरुद्ध बनेका सडक सञ्चालनमा आएका छन । बर्षातले दामोदर सडक अन्तर्गत दुधी सोताकाे सडक ,प्रीगाउ र बेल्टाकुरा बिचको सोताको सडक ,उरहरी बजारको बाटो ,अमर माबि उरहरीको सडक मर्मत पछि सञ्चालनमा ल्याईएकाे वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।

यस्तै बर्षाले ह्युमपाईप बगाएपछि अवरुद्ध बनेकाे कटाहा देखि नवलपुर जोड्ने सडकमा कल्भट निर्माण हुने भएको छ । बनरे सोतामा (दुर्गा न्यौपानेको घर नेर) बाढिले सडकमा क्षती पुराएकाे छ । त्यस स्थानमा दिगाे हुने गरि निर्माणकाे काम हुने छ । यस्तै मालेडाडा देखि क्वाङी जोड्ने ठुटिखोलामा पनि सल्याब सहित कल्भर्ड निर्माण हुने भएको छ । वडाध्यक्ष रावतको आग्रहमा नगर प्रमुख टिकाराम खड्काले तत्काल लागत इष्टिमेट गरि दुबै ठाउँमा सल्याब कल्भर्ड निर्माणका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन ।

कटाहा नवलपुर सडक

तपाईंको प्रतिक्रिया