माओवादीको समानुपातिक सूचीमा महरा पनि

 असोज ०३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।

महरा दाङ–१ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा २ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए ।

समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।

तपाईंको प्रतिक्रिया