तुलसीपुरमा तीन दिने “उद्यमशिलता विकास तालिम” शुरु

 असोज ०३, २०७९

तुलसीपुर । दाङको तुलसीपुरमा ३ दिने “उद्यमशिलता विकास तालिम” आज देखि शुरु भएको छ । ग्रीन फाउन्डेसन नेपाल शाखा कार्यालय दाङकाे आयोजनामा तालिम संचालन भएको हाे ।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हाे । तालिमकाे प्रशिक्षकमा खुम प्रसाद भण्डारी,दिपक परियार र चक्र मिलन विश्वकर्मा रहेका छन । सहभागीलाई उद्यमशिलता भनेकाे के हाे, यसबाट कसरी आर्थिक रुपमा सबल बन्ने लगायतका सवालमा तालिममा छलफल हुने छ । तुलसीपुर र दङ्गीशरणका गरि २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तपाईंको प्रतिक्रिया