रुकुमपूर्वमा बस दुर्घटना, ४ जनाकाे मृत्यु

 असोज ०६, २०७९

फाईल तस्विर

तुलसीपुर । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङसी वगरमा वस दुर्घटनामा परेको छ । काठमाडौंबाट रुकुमकोट तर्फ जान लागेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

उनिशरुकाे घटनास्थलमै मृत्युु भएको र सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताउनुभयो । बस दुर्घटनामा अन्य १० बढी घाइते भएको रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया