बंगलादेश विरुद्व मैत्रीपूर्ण फुटबल खेलका लागि टिम घोषणा

 असोज ०६, २०७९

काठमाडौं । बंगलादेशविरुद्ध आगामी साता दशरथ रंगशालामा तय भएको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । आगामी ११ असोजमा दशरथ रंगशालामा हुने खेलका लागि कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।

हुमगाईले अनुभवी खेलाडी नवयुग श्रेष्ठ, भरत खवास तथा यु-२० टिमका कप्तान रहेका आयुष घलानलाई टोलीमा सहभागि नगराउँदा टोलीमा युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीले भने स्थान बनाएका छन् ।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी

तपाईंको प्रतिक्रिया