रुकुम पूर्व बस दुर्घटना : मृतक पाँचै जनाको सनाखत

 असोज ०६, २०७९

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका–३ क्याङसीबगरमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा भूमे गाउँपालिका–५ का २३ वर्षीय बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका–६ की ४० वर्षीया लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।


दुर्घटनामा परि घाइते भएका १२ जनामध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ। काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दिउँसो दुर्घटनामा परेको थियो ।

तपाईंको प्रतिक्रिया