मान्यता प्राप्त नापतौल सामग्री राख्न निर्देशन

 असोज ०७, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ को वडासमितिको बैठक आज बसेको छ । बैठकले वडा भित्र सञ्चालनमा रहेका पसल तथा उद्योगहरुमा नापतौल विभागबाट मान्यता प्राप्त ढक, तराजु मात्रै प्रयोगमा ल्याउने निर्णय गरेको छ । विभिन्न पसलहरुमा ढुंगाको ढक प्रयोगमा आएको भनि वडाबासिले गुनासो गरेपछि वडाले यस्तो निर्णय गरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।

अब वडाले सबै पसल तथा उद्योगहरुलाई पहिलो चरणमा सचेत गराउने छ । त्यसपछि वडाले गरेको अनुगमनमा नापतौलमा त्रुटि भई उपभोक्ता ठगिएको पाईए नियमानुसार कारवाही प्रक्रिया अघि बढाइने वडाध्यक्ष रावतले जानकारी दिए । यस्तै,आजको वडा समिति बैठकले बिभिन्न टोलमा झारीएका हुम पाइपहरु सदुपयोग गर्न टोललाई आग्रह गर्ने निर्णय गरेको छ ।

विभिन्न प्रयोजनका लागी ल्याईएका ह्युम पाईप प्रयोग नगरी विभिन्न स्थानमा अलपत्र रहेको हुदा प्रयोगमा ल्याउन आग्रह गरेको हो । यदी टोलले प्रयोगमा नल्याए वडाले आवस्यकताको आधारमा अन्यत्र पठाउने वडाध्यक्ष रावतले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया