शिवालिक सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा

 असोज ०८, २०७९


तुलसीपुर । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देव वहादुर केसीले स्वागत गर्नु भएको थियो । साधारणसभामा सचिवको प्रतिवेदन तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन खुम बहादुर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।

सहकारीका निवर्तमान अध्यक्ष विजय कुमार केसीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा शेयर सदस्य बिष्णु कुमारी केसी तथा कुशल तर्ताल, संस्थाका पूर्व उपाध्यक्ष टोप बहादुर डांगी, सल्लाहकार बिमल रिजाल, संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अबसरमा संस्थामा असल ऋणिहरुका तर्फबाट प्रकाश खड्का र पूजा पाण्डेलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया