गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त: महासचिव पोखरेल

 असोज ०८, २०७९

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन्।

शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरुको ध्यान आर्थिक लाभ मात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन्।

उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमालेले मात्रै गर्ने बताए। नेतृत्वको प्रश्न सुल्झाउने चुनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै विषय नभएको उनले बताए।

तपाईंको प्रतिक्रिया