तुलसीपुर उपमहानगरले पर्यटन दिवश यसरी मनाउदैछ्

 असोज ०८, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीकाले विश्व पर्यटन दिवश भव्यताका साथ मनाउने भएको छ । नगर स्तरीय पर्यटन तथा संस्कृती प्रबद्धन समितीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यहि असोज ११ गते परेको दिवशलाई वडा नम्बर ७ मा रहेको राप्ती शान्ती उद्यानमा भव्यताका साथ मनाउने निर्णय गरेको हो । अरनिको मैदान तुलसीपुरबाट झांकी तथा र्याली सुरु भई शान्ती उद्यानमा पुगी कार्यक्रममा परिणत हुने छ ।

साथै उक्त कार्यक्रममा देखाईने झाकी तथा कला संस्कृतीको मुल्यांकन गरि पुरस्कृत गरिने छ । जस अनुसार प्रथम हुनेलाई १० हजार,द्धितिय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वनालाई २ हजार प्रदान गरिने छ । यसका लागी पर्यटन समितिका सदस्य शोभाकर सापकोटाको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिति समेत गठन गरिएको छ । कार्यक्रममा सहभागीताका लागी विभिन्न संघसस्था,विद्यालयले नाम दर्ता गराउनुपर्ने छ ।

नगर स्तरीय पर्यटन समितिका संयोजक तथा नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उप प्रमुख स्यानी चौधरी,प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, प्रबत्ता माधव ओली लगायतको सहभागिता रहेको थियो । बैठकको सहजिकरण पर्यटन शाखा प्रमुख यशोदा वलीले गरेकि थिईन ।

तपाईंको प्रतिक्रिया