शिक्षक संगठन तुलसीपुरकाे दशैंमिलन कार्यक्रम

 असोज ०८, २०७९

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटीले दशैंमिलन तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नगर कमिटीका अध्यक्ष होमराज डाँगीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा बोल्ने बत्ताहरुले शिक्षकहरु समयानुकुल परीवर्तन हुनुपर्नेमा जोड दिएका थिए । नया खोज तथा अनुसन्धानबाट शैक्षिक गतिविधी अघि बढाउन शिक्षक तयार रहनुपर्ने उनिहरुले बताएका थिए ।

कार्यक्रममा हालै मात्र बिभिन्न जिल्ला र पालिकाबाट सरुवा भई अएका शिक्षकलाई स्वागत तथा लामो समय शिक्षण पेशामा संलग्न भई सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको थियो ।
नगर कमिटिका उपाध्यक्ष लक्ष्मी पन्थीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा दाङ जिल्ला सहइञ्चार्ज घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितीका संयोजक एव वडा नम्बर ११का वडा अध्यक्ष मान बहादुर रावत, संगठनका लुम्विनी प्रदेश कमिटीका सचिव भागवत पौडेल,जिल्ला अध्यक्ष दामोदर बस्नेत लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण नगर सचिव निर्मल कुमार वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया