घोराहीमा खुल्यो टिभिएस मोटरसाईकलको शोरुम

 असोज १०, २०७९

तुलसीपुर । घोराहीमा टिभिएस मोटरसाईकलको शोरुम खुलेको छ । टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्स प्रालिकाे आधिकारिक बिक्रेताका रुपमा नाेबेल ट्रेडिङ प्रालिले नया शाेरुमकाे शुभारम्भ गरेको छ ।

घटस्थापनाकाे दिन पारेर साेरुमकाे उद्घाटन दाङ जिल्ला उद्योग बाणिज्य संघ घाेराहिका अध्यक्ष टंक बुढाथोकीले गरेका हुन । टिभिएस माेटरसाईकल तथा स्कुटर बिश्व भर प्रख्यात रहेकाे रहेकाे हुदा ग्राहककाे राेजाईमा पर्ने गरेको युवा ब्यबसायि चित्र बहादुर बिष्टले बताएका थिए ।

यस अघि पनि यसबारेमा अनुभव रहेकाे हुदा नयाँ साेरुम बाट पनि उत्कृष्ट हुने चाहाना रहेकाे बताए । कार्यक्रमको सन्चालन कलाकार कमल गाउलेले गरेका थिए।

हाल नेपालकाे परिबेशमा जगदम्बा माेटर्सले आफ्नै प्लान्ट संचालनमा ल्याएकाे छ। टिभिएसमा एनटर्क स्कुटर सर्वाधिक बिक्री हुने स्कुटरमा पर्दछ। हाल टिभिएस सङ १०० सिसि माेपेड देखि ३०० सिसि आर आर ३१० माेडेलका बाईकहरु उपलब्ध छन। भने ११० जुपिटर, विगाे तथा १२५ एनटर्क सिरिज उपलब्ध छन।हाल मात्रै लन्च भएकाे रेडर माेटर साईकल समेत निकै चर्चामा रहेकाे छ।

तपाईंको प्रतिक्रिया