श्वास्थ्यकाे क्षेत्रमा राेल्पाकाे त्रिवेणी गाउँपालिका उत्कृष्ट

 असोज १०, २०७९

तुलसीपुर । राेल्पाकाे त्रिबेणि गाउपालिकाले एक कार्यक्रमकाे आयाेजना गरि स्वास्थ्यकर्मि हरुलाई सम्मान गरेकाे छ । आर्थिक बर्ष २०७८/०७९ मा विभिन्न स्वास्थ्य सुचकहरुको आधारमा रोल्पा जिल्लाको उत्कृष्ट पालिका भएको थियोे । उत्कृष्ट बनाउन महत्वपूर्ण योगदान गरेकाे भन्दै स्वास्थ्य शाखा प्रमुख, NHSSP का प्रदिप अर्याल, प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा नर्सिङ प्रमुखहरुलाई बधाई दिदै सम्मान गरिएको हाे ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठा मगरको अध्यक्षतामा भएको थियोे । त्यस अबसरमा गाउँपालिका उपाध्यक्ष लेखमणी डागी, प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसी, निवर्तमान अध्यक्ष शान्त कुमार वली,वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियोे ।

तपाईंको प्रतिक्रिया