डेंगुु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु

 असोज ११, २०७९

तुलसीपुर । नेपालमा साउनयता डेंगुु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सोमबार थप एक हजार ५१ जनामा संक्रमण देखिएको छ । हालसम्म २५ हजार पाँच सय ४३ जनामा संक्रमण पुष्टि भएको छ, जुन नेपालमा हालसम्मकै धेरै हो ।

डेंगु संक्रमण पुष्टि भएका झन्डै पाँच गुणाभन्दा बढी संक्रमित समुुदायस्तरमा रहेको अनुमान गरिएको महाशाखाले जनाएको छ । गम्भीर लक्षणसहितका बिरामी मात्रै उपचारका लागि अस्पताल पुुग्ने गरेको र अधिकांशले घरमै औषधि सेवन गरेर बसेको पाइएको चिकित्सकहरू बताउँछन् ।

ad
हालसम्म सबैभन्दा धेरै काठमाडौंमा आठ हजार आठ सय ९६, ललितपुरमा ६ हजार ३५ र मकवानपुरमा दुई हजार दुुई सय ७५ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार दुई सय ७८, भक्तपुरमा एक हजार ५८, रुपन्देहीमा सात सय २५, चितवनमा ६ सय एक र धादिङमा चार सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । महाशाखाले हालसम्म ७५ जिल्लामा डेंगु फैलिएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया