कंटाहा-नवलपुर जोड्ने सडक सञ्चालनमा

 असोज ११, २०७९

तुलसीपुर । तुलसीपुर ११ को कटाहा नवलपुर जोड्ने सडक सञ्चालनमा आएको छ । बनरे सोतामा (दुर्गा न्यौपानेको घर नेर) लगातारको बर्षाले सडकमा क्षती पुराएको थियो । आवतजावत गर्न समस्या भएपछि हाललाई समस्या समाधान गरिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिएका छन । दिर्घकालीन रुपमा निर्माणको काम ढिलो हुने भएकोले तत्काल सडक सञ्चालनमा ल्याउन स्थानीयले गरेको आग्रह अनुसार उपमहानगरको जेसीवि लिएर वडाध्यक्ष त्यहा पुगेका थिए ।

बर्षायाममा हुने क्षती नियन्त्रणका लागी चाडै स्ल्याब सहित कल्भर्ड निर्माण गरिने वडाध्यक्ष रावतले बताएका छन । त्यहा असोज १ गतेको बर्षालय सडक बगाएको थियो ।

तपाईंको प्रतिक्रिया