लमही नगरपालिकामा हाकिमकाे विषयलाई लिएर भयाे लफडा

 असोज २३, २०७९

दाङ । लमही नगरपालिकाकाे कार्यालयमा अनिश्चितकालिन तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाई लिएर वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर, पुन: एक महिना नबित्दै प्रमुख र उपप्रमुखले साेही नगरपालिकामा सरुवा मिलाएर ल्याएपछी वडाध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित बनेका हुन ।

डाँगीकाे ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा लमही आएका थिए । तर, श्रेष्ठले काम गरिरहेकाे समयमा डाँगी हाजिरी भए । जसले गर्दा वडा अध्यक्षहरु बिराेधमा छन । डाँगीलाई स्विकार्न नसकिने भन्दै आन्दाेलन चर्किएको छ । नगर प्रमुख जाेगराज चाैधरी र उपप्रमुख लक्ष्मी याेगी डाँगीकाे पक्षमा देखिएका छन ।

तपाईंको प्रतिक्रिया