आत्मनिर्भरताको बाटोमा सहकारी: नगरप्रमुख खड्का

 असोज २८, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीहरु गरिबी निवारण र आत्मनिर्भरताको बाटोमा अघि बढेको बताउनुभएको छ । तुलसीपुरमा रहेको सहरा बचत तथा ऋण सहकारी संस्थाको छैठौ अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खड्काले आर्थिक तरलताका कारण बैकंहरु लगानी गर्न नसकिरहेको अवस्थामा सहकारीले उद्यम,कृषि क्षेत्रमा लगानीको वातावरण तय गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले सहकारीमाफ्त तीन खम्बे अर्थनीतिलाई सफल बनाउने काम भइरहेकाले अब सहकारीहरुले उद्यमशीलताका साथै बजारीकरणमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघका लुम्बिनी प्रदेश सचिव रुपबहादुर खत्री,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६का पूर्ववडाध्यक्ष नवराज लामिछाने, राष्ट्रिय सहकारी बैंक तुलसीपुरका अजय बोहरा,संस्थाका सल्लाहकार विनोद शर्मा, बलदेव शर्मालगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाले ज्येष्ठ नागरिक हिराकुमारी न्यौपाने,असल ऋणी टीकाराम भुसाल,जेष्ठ सदस्य भोजराज लामिछानेलाई सम्मान गरेको थियो ।

संस्थाका उपाध्यक्ष केशव सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भीमलाल मरासिनीले गर्नुभएको थियो । सहकारीमा चार सय पचास जना सदस्य रहेका छन् ।

तपाईंको प्रतिक्रिया