युवा सञ्जालले गरेको पुष्प खेती फुल्याे ढकमक्क

 कार्तिक ०१, २०७९

तुलसीपुर । पछिल्लो समय युवाहरु  व्यवसायीकरुपमा जम्न थालेका छन । पढाइ सङ्गै थाेरै लगानिमा पनि गर्न सकिने  व्यवसाय सुरु गरेका छन् । यसकाे एउटा उदाहरण दिएकाे छ । तुलसीपुर नगर स्तरीय युवा सन्जालले । उनिहरु १८ देखि २४ वर्षसम्मका सात जना युवाहरु मिलेर  पुष्प व्यवसाय सुरु गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर  ८ मा अश्वारमा साढे पाँच कठ्ठा र वडा नम्बर दुईको भमकेमा चार कठ्ठा जग्गामा सयपत्री फूलको व्यवसाय सुरु गरेकाे सन्जालका अध्यक्ष  गणेश भण्डारीले बताए ।

पुष्पकाे स्याहार गर्दै

युवाहरु विदेशीने क्रम बढ्दो क्रममा रहेकाे बेला स्वदेशमै उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ भन्ने प्रेरणा दिनका लागि व्यवसाय सुरु गरेको उनले बताए  । करिब दुई लाखको लागतमा सयपत्री फूलको व्यवसाय सुरु गरेका युवाहरुले अहिले करिब दश लाखको पुष्पको कारोबार गर्ने लक्ष्य राखेका छन् ।

चाड पर्वलाई लक्षित गर्दै थाइल्याण्डबाट कर्मा जातको सयपत्रीको बिउ खरिद गरेर रोपेका युवाहरुले बजारमा प्रति केजी छ सयमा बिक्री गर्दै आएका छन् । चाडपर्व र निर्वाचनलाई लक्षित राख्दै सयपत्री पुष्प खेती गरेका उनिहरुले दिनहु जसाे बिक्री गर्दै आएका छन  ।

हिजाे मात्रै सल्यानकाे लागि दुई सय माला पठाएको अध्यक्ष भण्डारीले बताए ।  एउटा माला दुई सय पचास रुपैयाँ सम्म बिक्री हुने गरेको छ ।

यसरी युवाहरुलाई थप प्रोत्साहन गर्नका लागि स्थानीय सरकारले समेत यश तर्फ चासाे दिनुपर्नेमा उनकाे जाेड छ । 

तपाईंको प्रतिक्रिया